चिकित्सीय पेशागत हकहित सम्बन्धमा सहकार्य एवं आवश्यक पहलका लागि सम्पूर्ण आयुर्वेद चिकित्सहरुको छाता संस्था नेपाल आयुर्वेद चिकित्सक संघ लगायत अन्य सेवा सम्बन्धित सबै संघ संस्थालाई समेत ऐकबद्धताका लागि आह्वान गर्दछौं !

क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।
साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।
जय नेपाल ,जय अायुर्वेद ।
प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
आयुर्वेद चिकित्सकको हकहित र अधिकारका स्वरहरू बुलन्ध गर्न गराउन, यो संस्थाको रूपरेखा कोरिएको हो । सरकारी,गैरसरकारी एवं अन्य जिम्मेवारी पदमा कर्तव्य निभाइरहुनु भएका आयुर्वेद चिकित्सकहरू एक जुटको स्वर बनाउनका लागि अति अावश्यकता छ । प्रजातन्त्र भाव संरक्षण गर्न, गराउन एवं यस पद्धति संग अात्मसाथ गर्दै प्रोफेशनालिजम स्थापीत गर्न यो सस्थाको महत्वपूर्ण भुमिका रहेन्छ ।
क्षेत्रगत विकासका लागि यो संस्था स्थापना काल देखि अग्रसर रहेका र अागामी दिनहरूमा संस्थागत रूपमा महत्वपूर्ण योजनाहरूमा यो संस्थाले अग्रेणी भूमिका खल्नेमा अाशावादी छु । जय नेपाल ,जय अायुर्वेद ।
डा. शंकर पाैडेल
पूर्व अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
यस प्रजातन्त्रवादि अायुर्वेद चिकित्सक संघ, नेपाल नेपालमा रहेका अायुर्वेद पेशामा लागिपरेका चिकित्सकहरूको साझा चौतारी हो । कार्य पादर्शीता एवम कार्य निर्णय र सम्पादन जानकारीका लागि डिजिटल बिधि अहिलेको २१औं अपरिहार्य रहेको छ । साथै, यसलाइ व्यवस्थित एवं सर्वसुलभ बनाउन लागि हामीले यो विधि योजनामा ल्याएका है । प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपालको बारेमा, यसको गतिविधि उपडेट लगायत कार्यक्रमका जानकारी सबै सदस्य, सरोकारवाला एवं सुभेच्छुकहरूमा यसै मार्फत सम्प्रेण गरिनेछ । आयुर्वेद क्षेत्रगत विकासका लागि नविन योजनाका सहित अघि बढ्रन म लगायत यस संस्थाका पदाधिकारीहरू जिम्मवार हुनुहुन्छ ।
डा. बम्शदीप शर्मा खरेल
महासचिव, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ
Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer